काठमाडौं महानगरपालिकाले जलवायु न्याय, समावेशी विकास र उत्थानशील शहर निर्माणका लागि सातबुँदे प्रतिवद्धतासहित ‘काठमाडौं जलवायु घोषणा २०८३’ जारी गरेको छ । आईतवार काठमाडौं जलवायु कार्य सप्ताह, २०८३ को समापन समारोहमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले घोषणा सार्वजनिक गरेकी हुन् । मंसिर ७ देखि १३ गतेसम्म सञ्चालन भएको काठमाडौं जलवायु कार्य सप्ताहमा प्राप्त ज्ञान, अनुभव, सुझाव