काठमाडौं : १० औं राष्ट्रिय खेलकुद पुरुष क्रिकेटअन्तर्गत त्रिभुवन आर्मी क्लबले गैरआवसीय नेपाली संघ (एनआरएन)लाई ५६ रनले पराजित गरेको छ। जारी प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जित हो। टस हारेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको थियो। आर्मीले दिएको १३१ रनको लक्ष्य पछ्याएको एनआरएन १५.४ ओभरमा ७४ रन बनाउँदै अलआउट भयो। एनआरएनको लागि पवन खरेलले १३, आयुष्मान बमले १०, विकास खड्काले १२ र सुनिल दौल्यालले १० रन बनाए। एनआरएनको टोलीलाई