विश्वको दोस्रो ठूलो अर्थतन्त्र तथा जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी अभियानमा नेतृत्वदायी भूमिका दाबी गर्दै आएको चीनको जलवायु वित्तसम्बन्धी प्रतिबद्धतामाथि पुनः प्रश्न उठेको छ। जलवायु परिवर्तनका कारण बढ्दो विपद्को सामना गरिरहेका नेपाललगायत विकासशील तथा जोखिममा रहेका देशले आर्थिक र प्राविधिक सहयोग बढाउनुपर्ने माग गरिरहेका बेला चीनको अन्तर्राष्ट्रिय जलवायु सहायता पर्याप्त र पारदर्शी नभएको भन्दै आलोचना हुन थालेको