काठमाडौँ : लागूऔषध कोकेनसहित काठमाडौंको ठमेलबाट भारतीय र कोरियाली नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको लागूऔषधि नियन्त्रण ब्युरोको टोलीले ठमेलस्थित एक होटलबाट कोरियाली नागरिक ८७ वर्षीय सुक चोन ली र भारतीय नागरिक २८ वर्षीय दिपक उत्तम वाघमारेलाई पक्राउ गरेको हो। उनीहरूबाट तीन किलोग्राम कोकेन बरामद गरिएको ब्युरोको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीले बताए। एसपी रेग्मीका अनुसार, कोरियाली नागरिक लीले पेरुबाट कोकेन ल्याउने गरेको पाइएको छ। त्यसपछि भारतीय नागरिक दिपकले काठमाडौंबाट मुम्बई पुर्याउने गरेको अनुसन्धानमा पाइएको उनले बताए। यसपटक कोरियाली नागरिक ली एक साताअघि पेरुबाट स्पेनको म्याड्रिड हुँदै कतारको दोहाबाट काठमाडौं आएको ... The post १५ करोडको कोकेनसहित भारतीय र कोरियाली नागरिक प’क्राउ appeared first on Kalika Khabar.