काठमाडौँ। सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित झुंगामा आइतबार जिप दुर्घटना भएको छ । काठमाडौँबाट सुनसरी तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२८ च २७८३ नम्बरको ईसुजु जिप दुर्घटना भएको हो । दुर्घटनामा परेर सुनसरीको बराहक्षेत्र नगरपालिका–८ घर भएका ४२ वर्षीय मातृका भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आफैँ अनियन्त्रित भएर सो जिप मदन भण्डारी राजमार्गबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परेर ४ जना घाइते भएका छन् । घाइते हुनेहरूमा सुनसरीको बराहक्षेत्र नगरपालिका–८ घर भएकी ३८ वर्षीया प्रमिला भट्टराई, उनको छोरा ८ ... The post सिन्धुलीको दुधौलीमा जिप दुर्घटना, एक जनाको मृत्यु appeared first on Kalika Khabar.