दोलखा : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको महाधिवेशन नजिकिँदै गर्दा महामन्त्री पदका आकांक्षीहरू देखिन थालेका छन्। महामन्त्री पदका लागि दोलखाका कुन्दनराज काफ्लेसहित सात जना नेताको नाम चर्चामा आएको छ। मंसिर २१ गतेदेखि सुरु हुने महाधिवेशनलाई लक्षित गर्दै महामन्त्री पदमा रमेश लेखक, मोहनबहादुर बस्नेत, कुन्दनराज काफ्ले, किरणराज शर्मा पौडेल, जीतजंग बस्नेत, गुरु बराल र भूपेन्द्रजंग शाही आकांक्षीका रूपमा देखिएका छन्। केही नेताले सार्वजनिक रूपमा आफ्नो दाबेदारी प्रस्तुत गरिसकेका छन्