प्रधानमन्त्री उपस्थित हुने भएपछि दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा व्यवस्था चुस्त बनाइँदै

  • आइबार​ १४ मंिर २०८३ ०५:०० PM
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएपछि कर्णाली प्रदेशमा आयोजना भइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षा व्यवस्था कडा पारिँदै छ। प्रतियोगिताको उद्घाटन समारोहसहित समग्र खेल अवधिको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुर्खेतमा विशेष सुरक्षा समन्वय बैठक भइरहेको छ।आगामी मङ्सिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रधानमन्त्री शाहको उपस्थितिमा प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ। प्रधानमन्त्रीसहित अति विशिष्ट व्यक्तिको आगमन, खेलाडी तथा अफिसियलको आवास र दर्श