काठमाडौँ। नबिल बैङ्क लिमिटेड दक्षिण एसियाली स्तरको प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’बाट सम्मानित भएको छ। आर्थिक वर्ष २०२४/२५ को उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत बैङ्कले दक्षिण एसियाली लेखा व्यवसायीहरूको छाता संस्था साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)बाट उक्त अवार्ड प्राप्त गरेको हो। बङ्गलादेशमा शनिवार आयोजित विशेष समारोहमा नबिल बैङ्कका सञ्चालक सइद मन्सुर मुस्तफाले अवार्ड ग्रहण