काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐन १९ वर्षपछि व्यापक संशोधन गर्न लागिएको बताएका छन् । श्रम, रोजगारी र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथिति हटाउन सरकारले नीतिगत तथा कानुनी सुधार अघि बढाएको उनको भनाइ छ । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले वर्षौंदेखि थुप्रिएका समस्या र