काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नीति, नियम र घोषणापत्रअनुसार काम नगर्ने स्थानीय तहका जनप्रतिनिधिलाई फिर्ता बोलाउने बताएका छन् । पार्टी मुख्यालय सानेपामा जारी ‘हामी तयार छौं’ अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा थापाले आगामी स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिले पार्टीको नीति, नियम र अनुशासन पालना गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए ।