प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको छानबिन गर्न संसदीय समिति बनाउन माग गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका हुन्। उनले कांग्रेसका सभापति गगन थापालगायत अन्य ब्यक्तिहरूलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार