अञ्जु पन्तको हिन्दी गीत कस्तो छ ? (भिडियोसहित)

काठमाडौँ - बहुचर्चित गायिका अञ्जु पन्तको स्वरमा हिन्दी गीत जिन्दगीकी राहो मे बोलको गीतको भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गायक तथा सङ्गीतकार नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको सार्वजनिक गीतका शब्द आयुष्मानका हुन् । जसमा राहुल प्रधानको एरेन्ज रहेको छ । 

पर्यटकीय स्थल खप्तडमा छायाङ्कन गरिएको भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमको रमाइलो किस्सालाई देखाइएको छ । भिडियोमा मोडलद्वय मिसेल घिमिरे र आरके परियारको बेजोड अभिनय देख्न सकिन्छ । निर्देशक गौरव गिरीले भिडियो रिलिज गरेको केही घण्टामा नै राम्रो प्रतिक्रिया आइरहेको बताए ।