काठमाडौं : सिन्धुलीको दुधौली नगरपालिका-३ झुंगास्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन्। आइतबार दिउँसो १३:१५ बजेतिर काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१-०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट तल खस्दा दुर्घटना भएको हो।घाइते हुनेमा सुनसरी,बराहक्षेत्र नगरपालिका–८ बस्ने अन्दाजी ४२ वर्षीय चालक मातृका भट्टराई,उनकी श्रीमती अन्दाजी ३८ वर्षीया प्रमिला भट्टराई,निजका छोरा अन्दाजी ८ वर्षीय आयन्स भट्टराई,अन्दाजी ४० वर्षीया रेनुका सुवेदी भट्टराई र उनक