लुम्बिनीलाई बालविवाह मुक्त बनाउन बस्ती-बस्ती अभियान

  • आइबार​ १४ मंिर २०८३ ०४:०० PM
दाङ : कानुनले विवाहका लागि २० वर्ष उमेर हद तोकेको वर्षौं भइसक्यो। तर, समाजको पुरानो सोच, चेतनाको अभाव र गरिबीका कारण लुम्बिनी प्रदेशका विभिन्न बस्तीहरूमा अझै पनि कलिला उमेरमै सिउँदो रंगिने र भविष्य अन्धकारमा धकेलिने क्रम रोकिएको छैन।लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा प्रदेशका सरोकारवाला र नेतृत्वकर्ताले प्रदेशलाई बालविवाह मुक्त बनाउन प्रतिबद्ध भएका छन्। बालविवाह, कम उमेरमा विवाह तथा जबरजस्ती विवाह उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रतिबद्धता जनाएका हुन।क