सेमिफाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनलमा

  • आइबार​ १४ मंिर २०८३ ०४:०० PM
काठमाडौं : १०औं राष्ट्रिय खेलकुद महिला क्रिकेटतर्फ सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको छ। विरेन्द्रनगर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेश १६.२ ओभरमा ६९ रन बनाउँदै अलआउट भएको हो। सुदूरपश्चिमले दिएको ७० रनको लक्ष्य आर्मीले १० ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।त्रिभुवन आर्मीका लागि कविता कुँवरले अविजित २० रन बनाइन्। उनले १७ बलमा २ छक्का प्रहार गरिन्। ओपनर सम्झना खड्काले १६ रन बनाउँदा रुबी पोदारले १३