नवलपरासीमा तस्कर र सशस्त्र प्रहरीबीच झडप : चार सशस्त्र प्रहरी घाइते

  • आइबार​ १४ मंिर २०८३ ०४:०० PM
परासी : नवलपरासीको सीमावर्ती गेर्मी नाकामा सशस्त्र प्रहरी र तस्करबीच झडप भएको छ। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ६ राउन्ड हवाई फायर गरेको छ। घटनामा चार जना सशस्त्र प्रहरी घाइते भएको बताइएको छ।जिल्लामा पछिल्लो समय तस्करहरूले सञ्जाल नै बनाएर फर्सीको बिउको तस्करी गराउँदै आएका छन्। सोही क्रममा पाल्हीनन्दन गाउँपालिका–५ स्थित गेर्मी नाका हुँदै फर्सीको बिउ भारत लैजाने क्रममा झडप भएको हो।तस्करीमा संलग्न व्यक्तिहरूले शनिबार राति टाउकोमा फर्सीको बिउका बोरा राखेर लाइनबद्ध रूपमा सीमा पार गराउन