काठमाडौं : दसौं राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको पुरुष डबल्समा गण्डकीका प्रदिप खड्का र करनबहादुर थापाको जोडीले आइतबार स्वर्ण जितेका छन्।बर्दियाको गुलेरियामा भएको फाइनलमा प्रदिप र करनको जोडीले नेपाल आर्मीका प्रणव खनाल र राजवीर प्रधानको जोडीलाई ६–७, ६–४ र १२–१० ले पराजित गरे। बागमतीका निसान श्रेष्ठ र प्रितम परियार तथा पुलिसका निहालजंगबहादुर थापा र दर्शिल श्रेष्ठको जोडी तेश्रो भए।मिक्स डबल्समा आमीका राजवीर प्रधान र शिभाली गुरुङको जोडी च्याम्पियन बने। राजवीर र शिभालीको जोडीले आर्मी