काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले विधान विपरित चल्ने पार्टीका नेता,कार्यकर्तामाथि कडा कारबाही हुने चेतावनी दिएका छन्। पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको प्रभावमा परेर सोही अनुसारको गतिविधि गर्नेंलाई पार्टीले कारबाही गर्ने उनको भनाइ छ। आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित 'हामी तयार छौं' अभियानअन्तर्गतको स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले पनि पार्टीको विधान विपरित काम