सरकारले उद्योग, व्यापार तथा लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न विद्यमान कानुन संशोधनको प्रक्रिया अघि बढाएको परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ का बासिन्दासँग आइतबार आयोजित भेटघाटमा मन्त्री खनालले आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र आर्थिक समृद्धिलाई गति दिन कानुनी तथा नियामकीय सुधारलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका हुन्