हेटौँडामा चिकित्सकमाथि हातपात गर्ने ६ जना धरौटीमा छुटे 

मकवानपुर - हेटौँडामा चिकित्सकमाथि हातपात गर्ने ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बुधबार जिल्ला अदालत मकवानपुरले चिकित्सकमाथि हातपात गर्ने ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । अदालतको आदेश अनुसार बुधबार नै उनीहरू धरौटी बुझाएर रिहा भएका छन् ।