बुटवल : मजदुरी गर्न भारत पुगेका झिमरुक गाउँपालिका–४ सुमन्तेकानाका बाबुराम रोकाको दुर्घटनामा परेर मृत्युपछि बिचल्लीमा परेका दुधेछोरासहितको परिवारलाई आर्थिक सहयोग जुटेको छ।‘दुर्घटनामा बावु बितेपछि बिचल्लीमा दुधेछोरासहितको परिवार’ शीर्षकको समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशन भएको थियो। समाचार प्रकाशनपछि देशविदेशबाट सहयोग संकलन भएको मृतक बाबुरामका दाइ नाता पर्ने जितबहादुर रोकाले जानकारी दिए।हालसम्म ३ लाख ७१ हजार रुपैयाँ संकलन भएको उनले बताए। सहयोग संकलन गर्ने अभियानकर्ताले