भुपेन्द्र र परीक्षा अभिनित ‘लुकी लुकी’ सार्वजनिक (भिडियोसहित)

काडमाण्डौँ - छायांकार तथा निर्देशकको रुपमा नाम कमाएका भुपेन्द्र तुम्बाहाङफे अभिनय तथा नृत्यमा समेत उत्तिकै पारङ्गत छन्। बेला बेला अभिनय समेत गर्ने भुपेन्द्र तुम्बाहाङफे र मोडल परिक्षा लिम्बूद्वारा अभिनित गीत ‘लुकी लुकी’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार गणेश थक्लुङको शब्द, गायक तथा संगीतकार टंक बुढाथोकीको संगीतमा टंक बुढाथोकी र गायीका मेलिना राईको आवाज रहेको गीतको म्युजिक भिडियोमा साउथ इन्डियन स्टाइलको रोमान्सले भरिएको डान्स तथा रोचक कथा समेत समाबेश गरिएको छ।