ललितपुर –ललितपुरको गोदावरी र भट्टेडाँडा आसपासका क्षेत्रमा क्रसर उद्योग सञ्चालन तथा तिनको वैधानिकतासम्बन्धी विवादलाई लिएर नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक (एसपी) आभूषण तिमल्सिनाले वर्षौँ पुरानो घटना सार्वजनिक गरेका छन्। उनले ललितपुरमा कार्यरत रहँदा ५० भन्दा बढी अवैध क्रसर उद्योग बन्द गराएको बताउँदै त्यसक्रममा तत्कालीन अर्थ राज्यमन्त्री उदयशमशेर राणाले नै क्रसर खोल्न दबाब दिएको खुलासा गरेका