काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई आग्रह गर्दै त्यो छानबिन निष्पक्ष हुनुपर्ने बताएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति थापाले सम्पत्ति छानबिनका लागि कांग्रेस पूर्ण रूपमा तयार र खुला रहेको बताएका हुन् । उनले २०४६ सालयता सार्वजनिक पद धारण गरेका प्रत्येक व्यक्तिको सम्पत्ति विवरण जाँचबुझ गर्न र हालसम्म थन्काइएका सबै अनुसन्धानका फाइलहरूको छानबिन अगाडि बढाउन सरकारसमक्ष माग गरे । कांग्रेसमा आबद्ध कोही व्यक्तिले गलत गरेको भए कारबाही ... The post सम्पत्ति छानबिनका लागि कांग्रेस तयार छ : गगन थापा appeared first on Kalika Khabar.