प्रहरी निरीक्षक हुँ भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना प’क्राउ

  • आइबार​ १४ मंिर २०८३ ०७:३१ AM
काठमाडौँ : प्रहरी निरीक्षक भएको दाबी गर्दै मुद्दा नचलाई छुटाइदिने प्रलोभनमा दुई लाख रुपैयाँ मागेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका-९, वीरेन्द्र चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुङ्गाका ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापका २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाका ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकका २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीका ३० वर्षीय हर्कसिंह भोलन छन् । गत मङ्सिर १० गते प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिलाई भेट्न पुगेका उनका भाइसँग उनीहरूले दुई लाख रुपैयाँ मागेको प्रहरीले जनाएको छ ... The post प्रहरी निरीक्षक हुँ भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना प’क्राउ appeared first on Kalika Khabar.