वीरेन्द्रनगर : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन् । नेपाली सेनाको सुर्खेतस्थित राजदल गणको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोल गरेका हुन् ।खेलको ५१ औं मिनेटमा त्रिभुवन आर्मी क्लबका निराजन धामीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर,खेलको ६८औं मिनेटमा कोशी प्रदेशका मिलन राईले पेनाल्टीमार्फत् गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए ।बराबर