मुगु : १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च कर्णाली प्रदेशको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा पुगेको छ। राष्ट्रिय खेलकुदको प्रचारप्रसारसँगै कर्णाली प्रदेशको प्राकृतिक, ऐतिहासिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले सुरु गरिएको ट्रफी तथा टर्च टुर आइतबार बिहान रारातालमा पुगेको हो।ट्रफी र ओलम्पिक टर्च बोकेर रारा पुगेको टोलीलाई प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा छाँयानाथ रारा नगरपालिका प्रमुख प्रश