काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान एन्ड केयर’ (Scan & Care) बीमा योजना अब इसेवामार्फत सजिलै किन्न सकिने भएको छ । सन नेपाल लाइफले इसेवासँगको सहकार्यमा आफ्नो ‘स्क्यान एन्ड केयर’ सेवालाई डिजिटल माध्यमबाट समेत उपलब्ध गराएको हो । डिजिटल माध्यमबाट सर्वसाधारणसम्म बीमा सेवाको पहुँच सहज