नेवार समुदायका ४० थरलाई दलितको सूचीमा राखिएकोप्रति नेवार समुदायका अगुवाहरुले आन्दोलन सुरु गरेका छन् । सोमबार निर्णय फिर्ता नभए मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्ने तयारी समुदायको छ । शनिवार ऐतिहासिक असन डबलीमा भेला भएका नेवार समुदायका अगुवा, अभियन्ता र स्थानीय बासिन्दाले हचुवाको भरमा गरिएको उक्त सूचीकरण तत्काल सच्याउन माग गरेका थिए । नेवार अगुवाहरुसँगै उभिएर नेपाली