काठमाण्डु– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता कान्छाराम तामाङले आफूहरूले गर्न लागेको १५औँ महाधिवेशन कुनै पनि हालतमा नरोकिने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि बढाएको भन्दै गगन थापा समूहले कारबाही गर्ने चेतावनी दिएपछि तामाङले आफूहरू त्यस्तो कारबाहीबाट नडराउने दाबी गरेका हुन्। ‘महाधिवेशन जुनसुकै हालतमा हुन्छ। गगनको व्यक्तिगत पेवा पार्टी होइन। महाधिवेशनका लागि हामीले सम्पूर्ण तयारी गरिसकेका