झापाको बिर्तामोडबाट प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ र रु १३ लाख ३९ हजार नगदसहित एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी स्थायी घर भई हाल बिर्तामोड नगरपालिका–५ जिराइँ टोलमा कोठा भाडामा बस्दै आएकी ३६ वर्षीया पार्वता राजवंशी