नेम्वाङको निधनमा एमालेले तीन दिन शोक मनाउने, पार्टी झण्डा आधा झुकाउने

काठमाडौं - संविधानसभाका अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको पार्थिव शरीर भोलि दिउँसोसम्म च्यासलमा राखिने भएको छ ।

आज बसेको सचिवालय बैठकबाट भोलि दिउँसोसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर एमाले मुख्यालयमा राख्ने निर्णय गरिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । यस्तै, अबका तीन दिनसम्म सबै एमाले कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र आउँदो असोज २ गते श्रद्धाञ्जली सभा गर्ने निर्णय गरिएको उनले बताए ।

बैठकबाट नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ । सहमतिको निकास निकाल्न सक्ने नेताको अभाव लामो समयसम्म रहने उनले बताए । नेम्वाङको आज बिहान निधन भएको हो ।