प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने लुम्बिनी सरकारको निर्णय

दाङ - लुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य भएको छ । मंगलबार राति १२ बजेदेखि अन्त्य हुनेगरी मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि चालु अधिवेशन अन्त्य भएको हो । 


मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, बाढी प्रभावित क्षेत्र बर्दीयाका स्थानमा राहात उपलब्ध गराउने,गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्यान गुमाएकालाई राहत उपलब्ध गराउने निणर्य गरेको सरकारका प्रवक्ता तथा प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले  जानकारी दिए।

यसैगरी प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ।