झापा : झापाको बिर्तामोडबाट लागुऔषध ब्राउन सुगरको कारोबार गर्ने एक महिला पक्राउ परेकी छन्। प्रहरीले उनको साथबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर र १३ लाख ३९ हजार रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी स्थायी घर भइ हाल बिर्तामोड नगरपालिका-५ जिर्गाटोलस्थित वसन्त पवन तिम्सिनाको घरमा कोठा भाडामा लिएर बस्दै आएकी ३६ वर्षीया पार्वता राजवंशी रहेकी छन्।जिल्ला प्रहरी कार्यालय झापा,इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्