काठमाण्डु – नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच ‘शान्ति प्रयास अभ्यास-२०२६’ अन्तर्गत विस्फोटक पदार्थ पहिचान तथा निष्क्रिय पार्ने क्षमता बढाउन संयुक्त सैन्य सीप आदानप्रदान तालिम हुने भएको छ । अमेरिकी दूतावासले सार्वजनिक गरेको जानकारीअनुसार आगामी नोभेम्बर ३० देखि डिसेम्बर ७ (मंसिर १४ देखि २१) सम्म काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य सञ्चालन तालिम केन्द्रमा यो