सुनचाँदीको मूल्यमा आज पनि वृद्धि, कतिमा भइराखेको छ कारोबार ?

  • आइबार​ १४ मंिर २०८३ ०५:२२ AM
काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४८ हजार १०० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य गत शुक्रबारको भन्दा दुई हजार रूपैयाँ बढी हो । शुक्रबार सुन प्रतितोला दुई लाख ४६ हजार १०० रूपैयाँमा कारोबार भएको थियो ।