महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादी आफ्नो बाल्यकाल बिताएको सुर्खेतस्थित झुप्रा खोलामा शिक्षामन्त्री सस्मित पोखरेललाई लिएर पुगेकी छन् । शनिबार बेलुका जन्मभूमि पुगेकी मन्त्री बादीले कुनै समय आफूले बालुवा–गिट्टी कुटेर जीवन बिताएको बस्तीका स्थानीयसँग भेटघाट गर्दै उनीहरूका समस्या र आवश्यकताबारे शिक्षामन्त्री पोखरेललाई जानकारी गराएकी हुन् । भेटघाटका क्रममा स्थानीयले विद्युत्,