के थर मिल्दैमा दलित भइन्छ ? थर सूचीकरणको विवाद र वास्तविकता

  • आइबार​ १४ मंिर २०८३ १०:१४ AM
जवाफ सहज छ- थर मिल्दैमा कोही कुनै जाति वा समुदायको हो भन्ने निश्चित हुदैन। थर व्यक्तिको पारिवारिक पहिचानमात्रै हो। एकै थर भएका व्यक्तिको गोत्र फरक हुनसक्छ, जात फरक हुनसक्छ। एकै थर भएका व्यक्ति कोही दलित हुन सक्छन्, कोही ब्राह्रमण, आदिवासी वा नेवार वा अरू फरक समुदायका पनि हुन सक्छन्। यस्तो हुनुको पछाडि सामाजिक-सांस्कृतिक कारणहरू छन्, त्यसलाई केलाएर अध्ययन गर्नु जरुरी छ।  फेरि दलित हुनु कुनै अपराध होइन, न त लज्जाको विषय नै हो। बरू दलितलाई छुवाछूत गर्नु लज्जाको विषय हो। ----------------------------------------------------------------------------------------------------------------------------------------------- काठमाडौँ। सरकारले दलित समुदायका थर सूचीकरण गरेको विषय यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। खासगरी नेवार जातिका थरहरू दलितमा सूचीकरण भएको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी र विरोध भइरहेको छ।  यसका कारण एकातिर गैरदलितका थर प्रयोग गरेर दलितहरू गैरदलित बन्न खोजेको भ्रम फैलाइएको छ भने अर्कोतिर ऐतिहासिकरुपमा विभेद खेप्दै आएका दलित समुदायमाथि थर सूचीकरणको बाहनामा थप अपहेलना र घृणा फैलाउने काम भइरहेको छ। दलित समुदायको आधारभूत मानव अधिकारमाथि सार्वजनिकरुपमा प्रहार भइरहँदा पनि सरकार र सरकारका नियामक निकाय भने चुपचाप छन् ।  कतिपयले राष्ट्रिय दलित आयोगले नेवार समुदायलाई अन्याय हुने गरी यस्तो सूचीकरण गरेको भन्दै आयोग नै खारेज गर्नुपर्ने, आरक्षण प्रणाली खारेज गर्नुपर्ने, दलित शब्द हटाउनुपर्ने, संविधानमा दलित समुदायलाई दिएका अधिकार नै हटाउनुपर्ने जस्ता माग र दाबीहरू पनि उल्लेख गरेका छन् । तर यसको वास्तविकता के हो त