गगन थापालगायतविरुद्ध धम्क्याउँदै बयान पढ्न लगाएको आरोपमाथि संसदीय छानबिन माग

  • आइबार​ १४ मंिर २०८३ १०:४४ AM
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हिरासतमा रहेका इनम सापकोटालाई दबाब र धम्की दिएर कांग्रेस सभापति गगन थापालगायतविरुद्ध बयान दिन बाध्य पारिएको भन्ने आरोप गम्भीर भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन् । सापकोटाले आफ्नी श्रीमतीमार्फत शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा कांग्रेस सभापति गगनकुमार थापालगायतका व्यक्तिविरुद्ध बयान दिए छाडिदिने र नत्र फसाइदिने धम्की दिइएको विषय उल्लेख भएपछि आङ्देम्बेले आरोपको निष्पक्ष छानबिनका लागि संसदीय समितिको माग गरेका हुन् । उनले सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका इमनलाई तयार पारिएको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भएको सत्य भए त्यो विधिको शासनमाथिको गम्भीर प्रहारको रूपमा लिइने बताए । ‘सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ