सुन र चाँदीको मूल्य बढ्यो, तोलाको बजार भाउ के छ ?

  • आइबार​ १४ मंिर २०८३ ११:०० AM
काठमाडौं : नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य २ हजार र चाँदी २० रुपैयाँले बढेको हो।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको भाउ २ लाख ४८ हजार १०० कायम भएको छ। गत शुक्रबार एक तोला सुन २ लाख ४६ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ३ हजार २१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार सोही परिमाणको चाँदी ३ हजार  १९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।