अफगानिस्तानको कुनारमा विद्यालय नजिकै विस्फोट : १० को मृत्यु, ११० जना घाइते

  • आइबार​ १४ मंिर २०८३ ०४:०० AM
काठमाडौं । अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा विद्यालय नजिकै भएको विस्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् । मृत्यु र घाइते हुनेमध्ये ९७ प्रतिशत विद्यालयका विद्यार्थी रहेको स्थानीय सञ्चारमाध्यम टोलो न्युजले जनाएको छ । शनिबार प्रान्तीय राजधानी असदाबादस्थित शागी माध्यमिक विद्यालय नजिकै विस्फोट भएको हो । विद्यालय छेउको एउटा घरमा खानी उत्खनन तथा कुनार–नुरिस्तान राजमार्गमा चट्टान फुटाउन प्रयोग गरिने विस्फोटक पदार्थ तयार पार्ने काम भइरहेको थियो । विस्फोटको वास्तविक कारण खुल्न सकेको छैन । विद्यालय नजिकै खानी कम्पनीको स्वामित्वमा रहेको उक्त स्थानमा विस्फोटक पदार्थ भण्डारण तथा ... The post अफगानिस्तानको कुनारमा विद्यालय नजिकै विस्फोट : १० को मृत्यु, ११० जना घाइते appeared first on Kalika Khabar.