राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा संसदीय दलको बैठक आव्हान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक अव्हान गरेको छ ।

सिंहदरबारमा मंगलबार ठिक १०ः३० बजे बस्नेगरि बैठक डाएिको पार्टीका सांसद एवं कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, जलनसम्बन्धी गैरसरकारी विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत विषयमा छलफल गरिने उनले जानकारी दिए ।

मंगलबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । त्यसअघि संसदीय दलको बैठक बस्न लागेको हो ।