नवलपुर : नवलपुरमा ट्रक्कको ठक्करबाट पिकअप भ्यान चालकको मृत्यु भएको छ । शनिबार राती विनयी त्रिवेणी गाउँपालिका–१ होङ्सी गेटस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट पिकअप चालक ३० वर्षीय अमर देउलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका सामरी निवासी देउलाले चलाएको बा.प्र.०१–०३० च १०९७ नम्बरको पिकअपलाई गैँडाकोटबाट बुटवलतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ०४५० नम्बरको ट्रकले ठक्कर दिएको थियो।