रित्तिँदै कर्णालीका गाउँ : घरमा ताल्चा, खेतमा झार

  • आइबार​ १४ मंिर २०८३ १०:०० AM
वीरेन्द्रनगर : कालीकोटको पचालझरना–७ स्थित गोठी गाउँमा ६० घरधुरी छन्। जहाँ सात घरमा मात्रै मानिस बस्ने गरेका छन्। अरू घरमा ताला झुन्डिएका छन्। गाउँमा पनि वृद्धवृद्धा, महिला र बालबालिकामात्रै छन्। युवा जति खाडी मुलुक र मुग्लान (भारत) का विभिन्न सहर पसेकाले गाउँ रित्ता छन्।छिमेकी भारतमा राम्रो कमाइ गर्नेले कैलालीतिर जग्गाजमिन जोडेर उतै घरबास बसाएका छन्। खाडी र भारत छिरेका युवाहरू पनि दसैं–तिहार मनाउनमात्रै गाउँ फर्किने गरेका छन्। चाडपर्व सकिएलगत्तै फेरि मुग्लान छिर्ने गरेका छन्। का