ब्राउन सुगर र मोटरसाइकलसहित सुनसरीबाट दुई युवा पक्राउ

  • आइबार​ १४ मंिर २०८३ १०:०० AM
इटहरी : सुनसरीको रामधुनी नगरपालिका–५ झुम्का बजारबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  बिहीबार साँझ ६ बजेतिर झुम्का बजार क्षेत्रबाटइनरुवा नगरपालिका–३ का ३१ वर्षीय अमित अधिकारी र २४ वर्षीय रोहन पोदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।झुम्का बजारमा लागूऔषधको कारोबार भइरहेको जानकारी आएपछि लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरिएको थियो। &nbs