सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब ७१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ सखुवापुल नजिक शनिवार राती ८ः३० बजेको समयमा स्थानीय कृष्ण राय यादवले सञ्चालन गर्दै आएको धूप र पुराना कवाडका सामान राख्ने गोदाममा आगलागी भएको थियो । चारैतिर जस्तापाताले घेरिएको उक्त गोदाममा लागेको आगो नियन्त्रणका