हानिनोक्सानी कोषको रकम ल्याउन प्रस्ताव आह्वान

  • आइबार​ १४ मंिर २०८३ ०९:०० AM
काठमाडौं : १० भदौमा आएको भोटेकोशी बाढीपछि अर्थ मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयले संयुक्त रूपमा हानि तथा नोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) लाई पत्राचार गरे। उक्त बाढी जलवायु परिवर्तनकै कारण आएको वैज्ञानिक पुष्टि भएको भन्दै सहयोग पाउनुपर्ने दाबी नेपालको थियो। जवाफमा कोषले भोटेकोशी बाढीलाई सम्बोधन गर्न करिब २१.६ मिलियन डलर सहयोग गर्ने घोषणा गर्‍यो।रकम कसरी, कहिले आउँछ भन्ने स्पष्ट थिएन। तर, बुधबार सरकारले उक्त रकम भित्र्याउनका लागि १० दिनको म्याद द