काठमाडौं : नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ। तुइनखोलामा पहिरो रोकथामको कामका लागि आजदेखि दिनको ५ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माका अनुसार अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो।पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर