काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलोपटक उपाधि जितेको छ। विदेशी खेलाडीको आकर्षण, अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित नाम र प्रतिस्पर्धात्मक खेलका बीच यसपटक नेपाली खेलाडीले पनि आफ्नो क्षमता प्रमाणित गरेका छन्।एनपीएलको तेस्रो संस्करणमा स्कटल्यान्डका जर्ज मन्सी, श्रीलंकाका कामिल मिसारा, पाकिस्तानका युभराज सामरा तथा अन्य विदेशी खेलाडीको प्रदर्शनले चर्चा पाएको थियो। तर, नेपाली क्रिकेटका लागि सबैभन्दा सुखद पक्ष आफ्नै खेलाडीले देखाएको प्रभावशाली प्रदर्श