सर्लाहीको लालबन्दी नगरपालिका–१ बागवानी केन्द्र नजिक पूर्व–पश्चिम राजमार्गमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार प्रहार गरी एक जनाको मोटरसाइकल लुटेर फरार भएका छन् । हिजो शनिवार साँझ करिब ७:५० बजे हरिवनबाट लालबन्दीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०२८ प ७४०४ नम्बरको निलो रङको यामाहा सलुटो १२५ सीसी मोटरसाइकलमा सवार महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सा घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका–७